यूएईविरुद्धको पहिलो टी–२०: नेपाल २१ रनले पराजित

 माघ १७, २०७५ बिहिबार १८:१०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धको पहिलो टी–२० क्रिकेटमा नेपाल २१ रनले पराजित भएको छ ।

यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो । नेपालले सुरुआत भने राम्रो गर्न सकेन ।

पहिलो ओभरको पहिलाे बलमै प्रदीप ऐरी आउट भएपछि नेपाल सुरुमै दबाबमा आयो । दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी पनि धेरैबेर टिक्न सकेनन् । उनी ४ रनमा आउट भए ।

ओपनिङका कप्तान पारस र सन्दीप जोराले नेपाली टिमलाई उकास्ने प्रयास गरे पनि पारस २५ रन बनाएर आउट भए । पाँचौ खेलाडीको रुपमा मैदान आएका सन्दीप जोराले एक छेउबाट उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाए पनि अन्य खेलाडीबाट साथ पाउन सकेनन् ।

सन्दीप जोरा ५३ रन बनाएर अन्तिमसम्म टिकेका थिए । रोहित पौडेल र करण केसी समान चार-चार रनमा आउट भएपछि क्रिजमा आएका सोमपाल कामी १९ बलमा २७ रन बनाउँदै आउट भए ।

टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । युएईका लागि शैमान अनवरले सर्वाधिक ५९ रनको योगदान दिए । त्यस्तै मुहम्मद उस्मानले ३० रन जोडे । युएईले ३ रन बनाएको अवस्थामा सन्दिप लामिछानेले पहिलो विकेट लिएका थिए ।

अश्फाक अहमद २ रन बनाएर बसन्त रेग्मीको बलमा क्याचआउट भए । त्यसपछि पाँचौं ओभरमा सोमपाल कामीले गुलाम शाब्बरलाई सन्दिप जोराबाट क्याचआउट गराएका थिए । तेस्रो विकेटका रुपमा युएईका सिपी रिजवान आउट भए । उनीले बसन्त रेग्मीको बलमा प्रदीप ऐरीबाट क्याचआउट हुनपूर्व २२ रन बनाएका थिए । 

त्यसपछिको पार्टनरसिप भने बलियो बन्यो । मुहम्मद उश्मान र शैमान अनवरले ६१ रनको बलियो साझेदारी गर्दै युएईलाई एक सय रनको आँकडा पार गराए । सन्दिप लामिछानेले उश्मानलाई पारस खड्काबाट क्याचआउट गराएपछि सो पार्टनरसिप तोडिएको थियो । त्यसपछि शैमान पनि अविनाष बोहराको बलमा बोल्ड भए ।

युएईका लागि मोहमद बुताले अविजित २० रन बनाउँदा कप्तान मोहम्मद नाभिद बसन्त रेग्मीबो बलमा स्टम्प भए । ब्लिङतर्फ सन्दिप लामिछाने र बसन्त रेग्मीले दुई दुई विकेट लिए भने सोमपाल कामी र अविनाष बोहराले एक एक विकेट लिए ।

 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया