ब्रेकअप पछि आलियासँग कहिल्यै भेटेको छैन : सिद्धार्थ मल्होत्रा

 माघ २२, २०७५ मंगलबार ११:१२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री आलिया भट्ट यतिबेला अभिनेता रणवीर कपूरको प्रेममा छिन् । यस कुराको खुलासा आलिया र रणवीर दुबैले गरिसकेका छन् । तर यस अघि आलिया अभिनेता सिद्धार्थ मल्होत्रालाई डेट गरिरहेकी थिइन् । एक समयमा आलिया र सिद्धार्थको निकै चर्चा हुने गथ्र्यो । तर आलिया र सिद्धार्थले आफूहरुबीचको प्रेम सम्बन्धलाई सार्वजनिक रुपमा भने कहिल्यै स्वीकार गरेनन् । 

आलिया भट्ट र सिद्धार्थ मल्होत्राले फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट डेब्यू गरेका थए । यही फिल्मको छायांकनको क्रममा आलिया र सिद्धार्थ नजिकिएका थिए । उनीहरुको सम्बन्ध अगाडि बढ्न सकेन । 

अहिले सिद्धार्थ मल्होत्राले आलियासँगको ब्रेकअपको विषयमा बयान दिएका छन् । सिद्धार्थले आलियासँगको चिनजान धेरै समय अघिको रहेको बताएका छन् । साथै फिल्ममा आउनु अघिदेखि नै आलियासँग भेट भएको कुरा पनि बताएका छन् । तर आलियासँगको ब्रेकअप पछि भने सिद्धार्थले एक पटक पनि नभेटेको बताएका छन् ।

उनले भने ‘हाम्रो सम्बन्ध निकै सुमधुर थियो तर त्यो सम्बन्ध सकिएको धेरै समय भइसक्यो । त्यसपछि हामीले एकपटक पनि भेटेका छैनौँ । तर दुईजना ब्यक्तिले अलग–अलग बाटो रोजे पनि केही सुन्दर यादहरु भने सँधै भरीका लागि साथमा रहिरहन्छन् ।’

सिद्धार्थले यो सब कुरा करण जोहरको शो ‘कफी विद करण’ मा बताएका हुन् ।  सिद्धार्थ मल्होत्रा फिल्म ‘जबरिया जोडी’ र ‘मरजावा’मार्फत दर्शकमाझ आउने तयारी गरिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया