सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
संसारका ४० प्रतिशत किराहरुको संख्या नाटकीय रुपमा घटिरहेको एक अध्ययनले देखाएको छ । माहुरी, कमिला, पुतलीलगायतका किराहरु अन्य स्तनधारी जीव तथा सरीसृपको तुलनामा आठ गुणाको दरले घट्दै गएको अध्ययनले देखाएको बीबीसीले जनाएको छ ।
१३ वर्षमा संसारका विभिन्न ठाउँमा प्रकाशित ७३ वटा रिपोर्टको समीक्षामा झिंगा, साङ्ला लगायतका केही प्रजातिका किराहरुको संख्या भने बढ्ने सम्भावना रहेको अध्ययनको निष्कर्ष छ । यस्ता किरा–फट्याङ्ग्राको संख्यामा कमी आउनुको मुख्य कारण किसानले खेतबारीमा प्रयोग गर्ने कीटनाशक औषधि र जलवायु परिवर्तन भएको अनुसन्धानकर्ताको निष्कर्ष छ ।
किराहरु लोप हुने कारणमध्ये बासस्थानको अभाव, शहरीकरण खेतीपाती र वन फँडानी भएको सिड्नी विश्वविद्यालयका मुख्य लेखक डाक्टर फैसिस्को सैंशेजले बताएका छन् । विशेषगरी औद्योगिक विकास भएका देशहरुमा यस किसिमका किरा फट्याङ्ग्रा अत्यधिक मात्रामा घटिरहेका छन् ।
बायोलोजिकल कञ्जर्वेसन नामक जर्नलमा प्रकाशित रिपोर्टमा १३ वर्षमा किरा फट्याङ्ग्रासँग सम्बन्धित संसारका विभिन्न ठाउँका ७३ वटा प्रतिवेदनको समीक्षा गरिएको थियो । यसै अनुरुप अनुसन्धानकर्ताहरुले एक तिहाई किरा फट्याङ्ग्राको प्रजाति लोप हुने खतरामा रहेको बताएका छन् ।