युवतीका विषयमा झगडा, चक्कूले हानेर साथीकै हत्या

 माघ २९, २०७५ मंगलबार १८:२४:४५ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखरामा सोमबार राति १४ वर्षीय सचिन सिंजालीको हत्या गर्ने एक जना पक्राउ परेका छन् ।

हत्या अभियोगमा उनकै साथी पर्वत घर भई पोखरा बस्ने २१ वर्षीय बेनी काले भनिने कुमार गर्बुजालाई कास्की प्रहरीले मंगलबार पक्रेको हो । 

पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिंजालीको सोमबार राति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । 

घटनामा संलग्न भएको आशङ्कामा दुईजनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको थियो । प्रहरीले सीसीटीभी क्यामेराको सहायताले केही घण्टामै हत्यारा पत्ता लगाएको हो । सचिनको शव पोष्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो । 

एक जना युवतीको विषयमा विवाद हुँदा सचिनले कुमारलाई चक्कूले खुट्टामा प्रहार गरेको र त्यसपछि कुमारले सचिनको चक्कू खोसेर घाँटी रेटी हत्या गरेको जानकारी कास्की प्रहरीले दिएको छ । दुवै जनाले मादकपदार्थ सेवन गरेको पनि प्रहरीले जनाएको छ । 

कास्की प्रहरीले अभियुक्त कुमार गर्वुजालाई कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान गरिने जानकारी दिएको छ । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया