बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

 फागुन २३, २०७५ बिहिबार १०:४७:३४ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार अमेरिकी डलरको भाउ घट्दा सबै विदेशी मुद्राको भाउ घटेको छ । 

नेपाल राष्ट्र बैंकले बुधबार लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ १६ पैसा र बिक्रीदर ११२ रुपैयाँ ७६ पैसा तोकेको छ । हिजो खरिददर ११२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ०९ पैसा रहेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३० रुपैयाँ ०७ पैसा छ । बुधबार खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा थियो।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ६२ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ८५ पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा थियो ।

यस्तै आज बिहिबार कुवेती दिनार १ को खरिददर ३६८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७० रुपैयाँ ७९ पैसा तोकिएको छ । हिजो खरिददर ३६९ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७१ रुपैयाँ ८८ पैसा तोकिएको थियो । 

बहराइन दिनार १ को खरिददर २९७ रुपैयाँ ५० पैसा र बिक्रीदर २९९ रुपैयाँ ०९ पैसा छ । बुधबार खरिददर २९८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २९९ रुपैयाँ ९७ पैसा थियो ।

बिहीबार कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १० रुपैयाँ रहेको छ । बुधबार खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको थियो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया