विस्फोटबाट भएको क्षतिको क्षतिपूर्ति दिन र घाइतेको उपचार गर्न सरकारसँग व्यवसायीको माग

 फागुन २६, २०७५ आइतबार १८:१५:४० | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार व्यवसायी संघले अध्यक्ष रोहन गुरुङको घरमा भएको बम विस्फोटबाट भएको क्षतिको क्षतिपूर्ति दिन र घाइतेको उपचारमा सहयोग गर्न सरकारसँग माग गरेको छ । 

विस्फोटपछिको अवस्था बारे छलफल गर्न आइतबार बसेको वैदेशिक रोजगार व्यवसायी संघको बैठकले बम विस्फोटबाट भएको भौतिक क्षतिको क्षतिपूर्ति दिन र घाइते भएकाको निशुल्क उपचारको व्यवस्था गर्न माग गरेको हो ।

बैठकले व्यवसायीको मात्रै नभई सबै नागरिकको सुरक्षा गर्न सरकारको दायित्व भएको भन्दै शान्ति सुरक्षाको वातावरण बनाउन पनि माग गरेको छ । शुक्रबार राती अध्यक्ष गुरुङको घरमा गराइएको बिस्फोटको नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाले जिम्मेवारी लिइसकेको छ ।

विस्फोटमा ४ जना घाइते भएका थिए भने घरमा आगलागी पनि भएको छ । विस्फोटको विरोध र दोषीमाथि कारवाहीको माग गर्दै संघले आइतबार म्यानपावर बन्द गरेका थिए । भोलिदेखि म्यानपावर खोल्ने बताएका व्यवसायीले शान्ति सुरक्षाको अवस्था यस्तै रहीरहे व्यवसाय सञ्चालन गर्न कठिन हुने बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया