यूएईमा रहेको नेपाली दूतावासमा चालक र रिसेप्सनिस्टका लागि जागिरको अवसर

 फागुन २६, २०७५ आइतबार १९:२५:४८ | उज्यालो सहकर्मी

काठमाण्डौ – यूएईमा रहेको नेपाली दूतावासले चालक र रिसेप्सनिस्टका लागि आवेदन माग गरेको छ । दूतावासले १६ दिनभित्र आवेदन दिन पाउने गरी आइतबार आवेदन माग गरेको हो । 

चालक अनुमतिपत्र भएका, जीसीसी देशहरुमो चालकको काम गरेको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने दूतावासले जनाएको छ । ४५ वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्ने चालकलाई नेपाल सरकारले तोकेको तलब र सेवा सुविधा दिइने दूतावासले भनाई छ ।

कामको अवधि सुरुमा एक वर्षको हुने र त्यसपछि नविकरण हुन सक्ने दूतावासले निकालेको सूचनामा उल्लेख छ । यस्तै रिसेप्सनिस्टका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक गरेको, अरबी, नेपाली र अङ्गे्रजी भाषामा दक्ष, कम्प्युटरको ज्ञान र सम्बन्धित क्षेत्रमा अनुभव हुनुपर्ने दूतावासले बताएको छ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया