कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३  सय ७६ को आवेदन

 चैत १८, २०७५ सोमबार १०:५४:१२ | उज्यालो सहकर्मी

काठमाण्डौ – यो वर्षको कोरियन भाषा परीक्षाका लागि ९२ हजारभन्दा धेरैले आवेदन दिएका छन् । 

गएको चैत ८ गतेदेखि आइतबार राती १२ बजेसम्म अनलाइनमार्फत फारम भर्न समय दिइएकोमा ९२ हजार ३ सय ७६ जनाको आवेदन परेको ईपीएस कोरिया शाखाले जनाएको छ । 

यीमध्ये ६३ हजार ४ सय ८७ जनाले उत्पादनमुलक क्षेत्र र २८ सय ८ सय ८९ जनाले कृषि क्षेत्रका लागि निवेदन दिएका हुन् । निवेदन दिनेमा ७७ हजार ३ सय ९३ जना पुरुषा र १४ हजार ९ सय ८३ जना महिला छन् ।

गएको वर्ष झण्डै ८२ हजार जनाले आवेदन दिएकोमा यो वर्ष १० हजार जनाभन्दा बढीले आवेदन दिएका हुन् । यो वर्षको भाषा परीक्षाबाट उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार जना उत्तीर्ण हुनेछन् ।

उत्तीर्ण भएकामध्ये सीप परीक्षणमा पनि उत्तीर्ण भएपछि मात्रै कोरिया जान पाउनेछन् । २०७६ जेठ २५ र २६ गते हुने परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुनेछ ।

यो पनि पढ्नुहोस् ।

‘यो वर्ष १० हजार ५० जना कोरिया जान पाउँछन् भनिएको होइन’

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया