जुम्ला विमानस्थल २० दिन बन्द हुने

 बैशाख ३, २०७६ मंगलबार ६:३७:४९ | रासस
unn.prixa.net

जुम्ला – जुम्ला विमानस्थल २० दिनका लागि बन्द हुने भएको छ । बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द हुने भएको हो ।

अघिल्लो पटक २०७५ कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिका काम भएको थियो । त्यसको बाँकी काम सम्पन्न गर्नका लागि २० दिन विमानस्थल बन्द हुने भएको जुम्ला विमानस्थल प्रमुख कैलाश शर्मा बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि जहाज अवतरण हुनुभन्दा अघिपछि विमानस्थलको स्तरउन्नति कार्य भइरहेको छ । स्तरोन्नति कार्यलाई छिटो सकाउनको लागि विमानस्थल नै बन्द गर्ने निर्णय भएको हो ।”  

विमानस्थलको स्तरोन्नतिको कामले तीव्रता पाउने छ । विमानस्थलको रनवे र पार्किङतर्फ घास उम्रनेदेखि पहिले गरेको कालोपत्रे उप्किसकेकाले स्तरउन्नति गर्न लागिएको हो । विमानस्थल स्तरउन्नतिका लागि चाहिने कामदार र निर्माण सामग्री आइसकेकाले स्तरोन्नति कार्यमा ढिला नहुुने प्रमुख शर्मा बताउनुभयो ।

अहिले विमानस्थल जीर्ण हुँदै गएकाले स्तरोन्नति गरेर सुरक्षित बनाइने उहाँको भनाइ छ । विमानस्थल २० दिन बन्द हुने भएपछि जुम्लादेखि सुर्खेत, नेपालगञ्जसम्मको हवाई सेवा प्रभावित हुने भएको छ ।

विसं २०४० देखि जुम्ला विमानस्थल मर्मतको काम हुन सकेको थिएन । विमानस्थलको कालोपत्रे उप्किएको, घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो । जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने गरेका छन् ।
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया