सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा बीना थिङ तामाङको 'ब्याड भाले' शीर्षकको कथा प्रथम भएको छ ।
बाह्रखरी बुक्सले आयोजना गरेको डिस होम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा लक्ष्मण वियोगीको कथा 'टाउको' दोश्रो र सुमित्रा न्यौपानेको कथा 'बार्दली' तेश्रो भएको छ । बाह्रखरी बुक्सले शुक्रबार काठमाण्डाैमा विशेष कार्यक्रम गरी प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो ।
प्रतियोगितामा पहिलो हुनेले एक लाख, दोश्रोले ६० हजार र तेश्रो हुनेले ४० हजार रुपैयाँ नगद, सिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा प्रतियोगिताका लागि प्राप्त ९ सय बढी कथाबाट उत्कृष्ट २५ कथाको संग्रह पनि विमोचन गरिएको छ । उत्कृष्ट २२ कथाकारलाई पाँचहजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा पहिलो , दोश्रो र तेश्रो हुने तथा उत्कृष्ट २५ कथाका कथाकारलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पुरस्कार प्रदान गर्नुभएको थियो । मन्त्री ज्ञवालीले प्रतियोगितामा उत्कृष्ट २५ मा पर्ने कथाकारलाई बधाई तथा शुभकामना दिँदै आशावादी श्रृजनामा लागिरहन सुझाव दिनुभयो । साहित्य श्रृजना जीवनप्रति नै नैराश्यता ल्याउने नभई सधै जीवन बाँच्ने प्रेरणा प्रदान गर्ने किसिमको हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
बाह्रखरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुईवटा कमिटी बनाएको थियो । प्रतीक प्रधान, राजेन्द्र पराजुली, गोविन्द अधिकारी, लेनिन बञ्जाडे, राजेश खनाल, अक्षर काकासहितको आन्तरिक कमिटीले चयन गरेका उत्कृष्ट २५ कथालाई डाक्टर दयाराम पाण्डे, डाक्टर अर्चना थापा तथा नयनराज पाण्डेको मुल्यांकन कमिटीले पहिलो, दोश्रो र तेश्रो कथा चयन गरेको थियो ।
प्रतियोगिताका लागि कथा पठाउनका लागि बाह्रखरीले गत माघ २१ देखि फागुन २० गते सम्म कथा आह्वान गरेको थियो ।
२५ भित्र जो छानिए
कथाकार शीर्षक
१. अनुपम रोशी जलकन्या
२. अन्वेष राई थुलुङ वार्ता
३. अभय श्रेष्ठ फुदुन सदाको मुक्ति
४. अरुणा चौधरी थारु घुम्टो
५. एकदेव अधिकारी भगवान्
६. कर्मसही घर्तीमगर धुपो
७. केशव सिग्देल नफर्किने यात्रा
८. गोपाल झापाली आमाको कोलम्बस
९. दुर्गा कार्की चाउमिन
१०. निरज दाहाल ठूलो मान्छे
११. प्रमोद अमात्य जुत्ता
१२. बिना थिङ तामाङ (प्रथम) ब्याड भाले
१३. माधव सयपत्री महानगरका बुद्धावतार
१४. मानसी चन्द्रिका
१५. मणि लोहनी अनुहार
१६. महेश थापा मुक्ति आश्रम
१७. मुना चौधरी आमाको सारी
१८. राजुबाबु श्रेष्ठ जङ्गे पिलर
१९. लक्ष्मण वियोगी (द्वितीय) टाउको
२०. विपुल सिजापति अक्षत योनि त्याग
२१. शिव प्रकाश आत्मभोग
२२. सुमित्रा न्यौपाने (तृतीय) बार्दली
२३. सुरेश यक्सो पेनिबा
२४. हरिमाया भेटवाल छिन्ली
२५. क्षितिज समर्पण भ्रूणात्मा