सर्लाहीकाे बाराउद्याेरण गाउँमा आगलागी, ६५ घर जले
बैशाख २१, २०८१ शुक्रबार
धनुषा– बलात्कारीलाई संरक्षण र पीडित बालिकाको उपचारमा ध्यान नदिएको भन्दै स्थानीयहरुले इलाका प्रहरी कार्यालय संखुवा महेन्द्रनगरमा तोडफोड गरेका छन् ।
आइtबार अपराह्न जनकपुर ढल्केबर सडक खण्डमा अवराेध गर्दै प्रदर्शनको क्रममा उनीहरुले क्षिरेश्वरनाथ नगरपालिकाकाे इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा ढुंगामुढा प्रहार गरी तोडफोड गरेका हुन् ।
उनीहरुले सडकमा टायर बालेर अवराेध गर्दै प्रदर्शन गरिरहेका छन् । त्यहाँको अवस्था अहिले तनावग्रस्त छ । प्रहरी र प्रदर्शनकारी बीच ढुंगामुढाको क्रममा एकजना प्रहरी घाइते भएको इलाका पहरी कार्यालयका प्रहरी निरीक्षक अमिर दाहालले जनकारी दिनुभयो ।
गएकाे वैशाख १४ गते क्षिरेश्वरनाथ नगरपालिकाकी एक १४ वर्षीया बालिका आफ्नै घरमा पढिरहेको बेला काका नाता पर्ने ३३ वर्षीय राजकुमार साहले बलात्कार गरेका थिए ।
बलात्कारपछि घाइते भएकी बालिकाको जनकपुर अञ्चल अस्पतालमा उपचार र परीक्षण गरिएको थियो । गएकाे शुक्रबार बालिकाको मानसिक सन्तुलन समेत बिग्रेपछि उनलाई उपचारको लागि काठमाण्डौ लगिएको छ ।
केही पहुँचवाला र आफन्तहरुले पीडक राजकुमारलाई संरक्षण दिन खोजेको तथा कारबाहीमा प्रहरीले तत्परता नदेखाएको भन्दै आक्रोशित स्थानीयहरुले शुक्रबार समेत सडक जाम गर्दै प्रर्दशन गरेका थिए । उनीहरुले आइतबार पनि ईलाका प्रहरी कार्यालय घेराउ गर्दै ढुंगामुढा र तोडफोड गरेका छन् ।
उपचारका लागि लगिएकी पीडित बालिकालाई त्यहाँ पनि उपचारमा ध्यान नदिएको स्थानीयहरुको आरोप छ । ढुंगामुढाले इलाका प्रहरी कार्यालयको केही झ्यालढोकाको सिसा फुटेको छ । स्थानीयहरुको चक्काजामको कारण जनकपुर ढल्केबर सडक खण्डमा यातायात चल्न सकेको छैन ।
प्रहरीले आरोपित साहलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ । प्रहरी निरीक्षक दाहालले प्रहरीले गर्नुपर्ने सम्पूर्ण काम गरिसकेको बताउनुभयो । काठमाण्डौको पाटन अस्पतालमा उपचाररत बालिकालाई प्रहरीले सहयोग गर्न कुनै कसर बाँकी नराखेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।