सिक्किममा पवन चाम्लिङको २५ वर्षे शासन समाप्त हुने सम्भावना, पीएस गोलेको पार्टी अगाडि

 जेठ ९, २०७६ बिहिबार १७:४:५८ | एजेन्सी
unn.prixa.net

भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी(बीजेपी) अगाडि देखिएको छ । 

भारतमा लोकसभा चुनावसँगै केही राज्यमा विधानसभा चुनाव पनि भएको थियो । भारतको आन्ध्र प्रदेश, अरुणाञ्चल प्रदेश, ओडिशा, तमिलनाडु र सिक्किममा विधानसभा चुनाव पनि भएको थियो । यसको नतिजा पनि आजै आउने भएको छ । 

सिक्किममा एउटा लोकसभा सिट रहेको छ भने सिक्किम विधानसभामा ३२ सिट रहेको छ । सिक्किममा सरकार बनाउन १७ सिट आवश्यक पर्छ । 

मुख्यमन्त्री पवनकुमार चाम्लिङ लगातार छैटौँ कार्यकालका लागि सिक्किमको मुख्यमन्त्री बन्ने दाउमा रहेका छन् ।  तर उनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टलाई पीएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले कडा टक्कर दिएको छ ।

पछिल्लो मतपरिणामअनुसार एसकेएमले अहिलेसम्म ७ सिटमा जित हात पारेको छ भने ३ सिटमा अग्रता बनाइरहेको छ ।  चाम्लिङको नेतृत्वको पार्टी एसडीएफले भने अहिलेसम्म ४ ठाउँमा जित हात पार्दा ४ ठाउँमा अग्रता बनाएको छ । 

चाम्लिङ सन् १९९४ देखि लगातार सिक्किमको मुख्यमन्त्री रहेका छन् । पवन चाम्लिङले नाम्ची र पोकलोक कामराङ क्षेत्रमा पनि उनी अगाडि रहेका छन् । भारतमा सबैभन्दा बढी २५ वर्ष मुख्यमन्त्री भएको रेकर्ड पवन चाम्लिङको नाममा रहेको छ । कुनै बेला चाम्लिङकै पार्टीमा रहेका गोलेले अहिले सिक्किमले परिवर्तन चाहेको बताएका छन् । विपक्षी दलले चाम्लिङलाई भ्रष्टाचारमा मुछिएको आरोप लगाउँदै आएका छन् ।
 
भाइचुङ भुटियाको हाम्रो सिक्किम पार्टी भने सबै क्षेत्रमा पछाडि रहेको छ । भाइचुङकाे पार्टी प्रतिस्पर्धामा नरहे पनि एसडीएफलाई धक्का पुर्‍याउन सक्ने देखिएकाे छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया