विश्वकप क्रिकेट : श्रीलंका र पाकिस्तानबीचको खेल रद्द

 जेठ २४, २०७६ शुक्रबार २०:५४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटअन्तर्गत शुक्रबार श्रीलंका र पाकिस्तानबीचको खेल रद्द भएको छ ।

प्रतियोगितास्थल ब्रिस्टोलमा अत्याधिक वर्षा भएपछि टससमेत हुन सकेन । जसका कारण दुवै टिमले एक एक अंक लिन बाध्य बने । तीन खेलमध्ये दुवै टिमले अहिलेसम्म तालिकमा तीन तीन अंक पुर्‍याएका छन् ।

वेस्ट इण्डिजसँग पराजित भएको पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डलाई पराजित गरेको थियो । यस्तै श्रीलंकाले पहिलो खेलमा न्यूजिल्याण्डसँग लज्जास्पद हार व्यहोरे पनि अफगानिस्तानमाथि जित निकालेको थियो ।

प्रतियोगिता न्तर्गत शनिबार पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध बंगलादेश र न्यूजिल्याण्डविरुद्ध अफगानिस्तान दोस्रो खेलमा भिड्ने छन् ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया