डडेल्धुरा अस्पतालमा सुत्केरीको ज्यान गयो, चिकित्सकले लापर्वाही गरेको पीडित पक्षको आरोप

 जेठ ३२, २०७६ शनिबार १३:५६:१७ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा – सुत्केरीको ज्यान गएपछि डडेल्धुरा अस्पतालमा तनाव सिर्जना भएको छ । चिकित्सकको लापर्वाहीले सुत्केरीको ज्यान गएको भन्दै महिला अधिकारकर्मीहरुले डडेल्धुरा अस्पताल र जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन् ।

अमरगढी नगरपालिका-६ का धर्मराज ताम्राकारकी २६ वर्षीया श्रीमती गीता ताम्राकारको सुत्केरी भएको १४ दिनसम्म पनि रगत जान नरोकिएपछि शुक्रबार अस्पतालमा नै ज्यान गएको हो । 

लगातार ‘रगत गएपछि शुक्रबार डडेल्धुरा अस्पताल पुगेकी उनलाई अस्पतालले आठ पिन्ट रगत दिए पनि बचाउन नसकेको’ एक जना स्वाथ्यकर्मीले जानकारी दिए ।

सुत्केरीको अवस्था गम्भीर भएपछि उनलाई आठ पिन्ट रगत दिएर अन्यत्रै अस्पतालमा लैजान अस्पतालले हेलिकोप्टरको समेत व्यवस्था गरिदिएको थियो । तर बिरामीको अवस्था सामान्य रहेको भन्दै हेलिकोप्टर फिर्ता गरिएको स्थानीय निसा ताम्राकारले बताउनुभयो ।  

शिशुको अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । पीडित पक्षले पनि चिकित्सकले लापर्वाहीले गर्दा सुत्केरीको ज्यान गएको पीडित पक्षको आरोप रहेको छ । सुत्केरीका आफन्तहरुले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । 

चिकित्सकको लापर्वाही या अरु नै कारणले सुत्केरीको ज्यान गएको हो, यस बारेमा अस्पताल प्रशासनले केही बोलेको छैन । आक्रोशित पीडित पक्षले अस्पताल परिसरमा ढुंगामुढा समेत गरेका छन् । 

आफन्तहरुले बिरामीको अवस्था गम्भीर हुँदा पनि परिवारका सदस्यलाई जानकारी नदिइएको, चिकित्सकहरुले अन्यत्रै अस्पतालमा रेफर गर्न नमानेको र अपरेशनमा नै त्रुटि रहेको बताउँदै आएका छन् ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया