सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - नेपाल राष्ट्र बैैकले एक हजार रुपैयाँ दरका ३१ कराेड थान नोट छाप्नको टेण्डर आह्वान गरेको छ ।
उसले अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रिया अनुसार योग्य सुरक्षण मुद्रकहरुका लागि नोटको डिजाइन, छपाइ तथा बिक्री बितरणका लागि टेण्डर आह्वान गरेको हो ।
इच्छुक तथा योग्य मुद्रकहरुले नेपाल राष्ट्र बैंकको बालुवाटारमा रहेको मुद्रा व्यवस्थापन विभागमा आउँदो साउन २६ गते दिनको १२ बजे अगाडि बुझाइसक्नु पर्नेछ भने त्यसै दिन साढे १२ बजे बोलकबोलकर्ताका प्रतिनिधिहरुका बीच टेण्डरकाे नतिजा खोलिने राष्ट्र बैंकले जनाएकाे छ ।