पैसा तिरेर मोबाइल चार्ज  !

 असार ३१, २०७६ मंगलबार १९:३१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

सांकेतिक तस्बिर

खोटाङ – विद्युत अवरुद्ध हुँदा खोटाङका मोबाइल प्रयोगकर्ता पैसा तिरेर मोबाइल चार्ज गर्न बाध्य बनेका छन् ।

६ दिनदेखि गाईघाट–दिक्तेल ३३ केभी विद्युत प्रशारण लाइन ठप्प हुँदा स्थानीय विभिन्न इलेक्ट्रोनिक्स पसलमा मोबाइल पैसा तिरेर चार्ज गर्न बाध्य भएका हुन् । बाढी तथा पहिरोका कारण गएको असार २६ गतेदेखि विद्युत अवरुद्ध हुँदा इलेक्ट्रोनिक्स पसलमा मोबाइल चार्ज गर्ने स्थानीयको भिड लागेको छ ।

विद्युत अवरुद्ध भएपछि विभिन्न फोटो स्टुडियो तथा इलेक्ट्रिोनिक्स पसलले जेनेरेटर चलाएर कम्तीमा २० रुपैयाँका दरले मोबाइल चार्ज गर्ने व्यवस्था मिलाएका छन् । विद्युत ठप्प हुँदा जिल्लामा अन्य विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार व्यवसायलगायतका सेवा प्रभावित भएको छ ।

अवरुद्ध विद्युत मर्मत भइरहेकाले सुरु गराउन अझै केही दिन लाग्ने नेपाल विद्युत प्राधिकरण शाखा खोटाङका प्रमुख रामदिनेश राय यादवले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया