न्यूजिल्याण्डलाई हराएका स्टोक्स ‘न्यूजिल्याण्डर अफ् द इयर’ को मनोनयनमा

 साउन ३, २०७६ शुक्रबार २२:२०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

बेन स्टोक्स वर्षको उत्कृष्ट न्यूजिल्याण्डरको उपाधि मनोनयनमा परेका छन् । फाइनल खेलमा उत्कृष्ट ब्याटिङ गर्दै समस्त न्यूजिल्याण्ड समर्थकको मन तोडेका स्टोक्सलाई न्यूजिल्याण्डकै प्रतिष्ठित अवार्डमा मनोनयन गरिएको हो ।

स्टोक्स १२ वर्षको उमेरसम्म न्यूजिल्याण्डमा बसेका थिए । उनका बुवा जेरार्ड स्टोक्सले पनि न्यूजिल्याण्डको रग्बी लिग खेलेका थिए । उनको बुवाले इंग्ल्याण्डमा रग्बीको प्रशिक्षण दिन थालेपछि स्टोक्स पनि बुवासँगै इंग्ल्याण्ड पुगेको थिए । अहिले पनि स्टोक्सका बुवा–आमा न्यूजिल्याण्डको क्राइष्टचर्चमा बस्छन् ।

स्टोक्ससँगै यो अवार्डको मनोनयनमा न्यूजिल्याण्डका कप्तान केन विलियमसन पनि छन् । विलियमसन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

न्यूजिल्याण्डर अफ् द इयरका प्रमुख छनोटकर्ता क्यामरन बेन्नेटले भने,‘स्टोक्सले न्यूजिल्याण्डका लागि नखेले पनि उनी यही देशमा जन्मिएका थिए र उनका बुवा अहिले पनि न्यूजिल्याण्डमै बस्छन्, हामी उनलाई अझै पनि हाम्रो भन्न सक्छौं ।’

विश्वकप फाइनलमा स्टोक्सकै उत्कृष्ट प्रदर्शनमा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई हराएको थियो ।  स्टोक्सले ८४ रन बनाएका थिए । उनले हारिसकेको खेललाई बराबरीमा पुर्याएका थिए । सुपर ओभरमा गएको खेलमा पनि दुवै टिमले १५-१५ रन बनाएपछि बाउण्ड्री बढी हानेका आधारमा इंग्ल्याण्डले उपाधि उचालेको हो ।

सम्बन्धित समाचार

 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया