विश्वकप छनोट : कतारविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो

 साउन ७, २०७६ मंगलबार ७:३४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मंगलबार कतारसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिता सोमबारदेखि सुरु भएको थियो ।

नेपालले कतारविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाली टिममा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, दिपेन्द्र सिंह ऐरी,  विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, बसन्त रेग्मी, अविनाष बोहरा र ललित नारायण राजवंशी छन् ।

पिच गिलो भएका कारण निर्धारित समयभन्दा १५ मिनेट ढिलो भएको थियो ।

मंगलबारको खेल नयाँ पिचमा खेलाउने भनिएको भए पनि पिचको अवस्था खेल्न लायक नभएपछि सोमबार नै खेलाइएको पिचमा खेलाउने निर्णयमा अम्पायरको टिम पुगेको छ ।

मंगलबार त्यहाँको मौसम पनि बदली हुने बताइएको छ । मौसम विभागका अनुसार एक घण्टापछि पानी पर्ने सम्भावना छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया