सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
गुल्मी – सत्यवती गाउँपालिका –३ को दाङसियामा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ । दुई जनाको उद्धार गरिएको छ ।
राति खसेको पहिरोले घर भत्काउँदा ज्यान गएकाको परिचय खुलेको छैन । यस्तै, सत्यवती गाउँपालिकाको लिंघाको भिरकुनामा चार वटा घर पहिरोले पुरिएको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो । यसबारेमा थप विवरण आउँन बाँकी छ ।
रिडी रुद्रबेनी र वामी टक्टर सडकखण्ड अवरुद्ध भएकाले प्रभावित ठाउँमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ ।