वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
पाल्पा - घाटमा पुर्याएर पनि उपचारका लागि अस्पतालमा फर्काइएकी पाल्पाकाे रैनादेबी छहरा गाँउपालिका १ की ३६ वर्षीय नर्मता ज्ञवालीको उपचारकै क्रममा बिहीबार निधन भएको छ ।
उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्ञवालीको मृत्यु भएको अस्पतालले जनाएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासका सूचना अधिकारी कृष्ण पराजुलीका अनुसार ६ गते अस्पताल भर्ना भई उपचार भइरहेकाे ज्ञवालीको १० दिनपछि बिहीबार बिहान ८ बजे मृत्यु भएको हो ।
यसअघि झाडापखालाबाट सिकिस्त भएपछि नर्मताको तानसेनस्थित युनाईटेड मिशन अस्पतालमा १२ दिनसम्म उपचार भएको थियो ।
निको हुनुकाे साटो रोगले झन् च्याप्दै गएपछि आफन्तले माया मारेरै ६ गते सोमबार अस्पतालबाट बिरामीलाई डिस्चार्ज गरी घर फर्काउने भन्दै रिडिघाट पुर्याएर कालीनदीमा अर्धजल चढाएका थिए । खुट्टाको औला नदीमा डुबाएपछि नर्मताकाे होस आएको भन्दै उनका आफन्तले उपचारका लागि पुन: अस्पताल पुर्याएका थिए ।
याे पनि हेर्नुहाेस्
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।