स्थानीय सरकारले हेरेन: डुबान पीडित

 साउन २१, २०७६ मंगलबार १९:४६:३८ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर - साेमबार रातिबाट परेको भरी वर्षापछि डुबानमा परेका कञ्चनपुरका पीडित परिवारले स्थानीय सरकारले आफूहरुलाई नहेरेको गुनासो गरेका छन् ।

उनीहरुले वर्षाका कारण घर डुबानमा पर्दा समेत आफूहरुलाई कसैले वास्ता नगरेको गुनासो गरेका हुन्  । वर्षाका कारण सदरमुकाम भिमदत्त नगर सबैभन्दा बढी प्रभावित भएको थियो । 

वर्षाले मानवीय क्षति नभए पनि भिमदत्त नगरपालिकाका २, ४, ६, ९, १०, १८ र १९ नम्बर वडा डुबानमा परेका भिमदत्त नगरपालिका-११ का अध्यक्ष प्रेम प्रसाद जैशीले बताउनुभयो । यस्तै, चार घण्टा परेको वर्षाका कारण महेन्द्रनगर बजार क्षेत्रसमेत जलमग्न भएको थियो । अधिकांश ठाँउमा उचित ढलको व्यस्थापन नहुँदा बस्ती डुबानमा परेको देखिन्छ ।

सडक र ढल बनाउँदा पानीको निकासलाई ध्यान नदिएकाले बस्ती डुबानमा परेको स्थानीय लक्ष्मी दमाईको आरोप छ । उहाँले घरभित्र पानी पसेपछि बस्ने ठाँउ नभएको बताउँदै तत्कालका लागि खाने र बस्ने व्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग आग्रह गर्नुभयो ।

जनजीवन  सामान्य बन्दै

 वर्षा रोकिएसँगै बस्तीमा जमेको पानीको घटेपछि स्थानीयहरु घर फर्किन थालेको जिल्ला प्रशासन कार्याल कञ्चनपुरले जनाएको छ । कार्यालयका अनुसार भिमदत्त नगरपालिका-९, जुमुवामा रहेकाे श्रीलंका टोल डुबानमा परेपछि ५० परिवारलाई सुरक्षित स्थानमा राखिएको थियो । 

‘बिहान श्रीलंका टोल डुबानमा परेपछि हामीले झण्डै ५०-६० परिवारलाई सुरक्षित स्थानमा राखेका थियौँ’, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशिल कुमार वैद्यले भन्नुभयो, ‘अहिले वर्षा रोकिएसँगै महाकाली नदीलगायत बस्तीमा पनि पानी घट्दै गएपछि स्थानीय आफ्नो घर फर्किन थालेका छन् ।’ 
उहाँले डुबानका कारण भएको क्षति, प्रभावित परिवारको विवरण आउन बाँकी रहेको बताउनुभयो ।  

महाकाली नदीको सहत घट्यो

वर्षा रोकिएसँगै महाकाली नदीमा समेत पानीको बहाव घट्दै गइरहेको छ । पानीको सतह घटेसँगै पुलमा चारपांग्रे सवारी साधन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी वैद्यले बताउनुभयो । उहाँले बिहान पानीको सतह १ लाख १३ हजार क्यूसेक रहेकोमा मध्याह्नपछि घटेर ९८ हजार क्यूसेक भएको बताउनुभयो । 

कञ्चनपुरलगायत चुरे क्षेत्रमासमेत वर्षा रोकिएपछि नदीमा पानीको सतह घट्दै गइरहेको जिल्ला आपत्किालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया