सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर उहाँको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने जनाएको हो । दिक्षितकाे ९७ वर्षकाे उमेरमा बिहीबार बिहान निधन भएकाे हाे ।
२००७ सालअघिकाे जहाँनिया राणा शासन तथा पञ्चामतिवराेधी आन्दाेलनमा स्वर्गीय दीक्षितकाे याेगदान स्मरणीय रहेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले ट्वीटमार्फत स्वर्गीय दीक्षितको निधनमा दुःख व्यक्त गर्दै मन्त्रालयका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएकाे छ ।
नेपालको इतिहासका जीवन्त साक्षी मदनमणि दीक्षितको निधनमा दुःख व्यक्त गर्दै नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । pic.twitter.com/JE5fgAvzHF
— Yogesh bhattarai (@yogesbhattarai) August 15, 2019