वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले छिमेकी र बाह्य सम्बन्धका बारेमा हलुका टीकाटिप्पणी नगर्न राजनीतिक दल र नेताहरुलाई आग्रह गर्नु भएको छ ।
केही दिनअघि प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाल–भारत सम्बन्धमा आँच पुग्ने गरी एक जना सदस्यले गर्नुभएको टिप्पणीप्रति असहमति जनाउँदै मन्त्री ज्ञवालीले त्यस्तो आग्रह गर्नु भएको हो ।
‘नेपालले कहिल्यै कल्पना नगरेको विषयमा गरिएको टिप्पणी सरकारलाई अस्वीकार्य छ’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार परराष्ट्र मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा भन्नुभयो । समितिमा बोलिएको भनिएको विषयको सत्यताप्रति आफूलाई सन्देह रहेको पनि उहाँले बताउनुभयो ।
समितिको बैठकमा नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छ भन्ने अभिव्यक्ति दिनु भएको थियो ।
गिरीको अभिव्यक्तिका सन्दर्भमा सञ्चारकर्मीको जिज्ञासा साम्य पार्दै मन्त्री ज्ञवालीले त्यो स्तरको संसद् सदस्यबाट त्यति हलुका टिप्पणी भयो होला भन्ने आफूलाई नलागेको बताउनुभयो ।
फरक प्रसंगमा मन्त्री ज्ञवालीले कश्मीरको विषयलाई नेपालले नजिकबाट नियालिरहेको बताउनुभयो ।
याे पनि पढ्नुहाेस्