पोग्बालाई हटाएर रासफोर्डलाई दिइयो पेनाल्टी हान्ने जिम्मा

 भदौ ४, २०७६ बुधबार ७:२२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्स्कायरले नयाँ ‘पेनाल्टी टेकर’ तोकेका छन् ।

पाउल पोग्बाले उल्भ्सविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि विवादित बन्दै आएको अवस्थामा प्रशिक्षकले अबदेखि म्यानचेस्टर युनाइटेडले पाउने पेनाल्टी हान्ने जिम्मा मार्कस रासफोर्डलाई दिएका छन् ।

पोग्बाले उल्भ्सविरुद्धको खेलमा पेनाल्टी गोलमा परिणत गर्न नसक्दा युनाइटेड बराबरीमा रोकिएको थियो । फलस्वरुप पोग्बाको चारैतिर विरोध भएको थियो । ड्रेसिङ रुममा पनि सोल्स्कायर र पोग्बाबीच वादविवाद समेत भएको थियो ।

यता यो सिजनको पहिलो खेलमा रासफोर्डले १२ याड टाढाबाट उत्कृष्ट गोल गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया