इंग्ल्याण्डलाई २-१ ले स्तब्ध बनाउँदै क्रोएसिया पहिलो पल्ट विश्वकपको फाइनलमा

 असार २७, २०७५ बिहिबार २:३७:५८ | एजेन्सी
unn.prixa.net

विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्स भिड्ने भएका छन् । गए राति इंङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै क्रोएसियाले फ्रान्ससँगको उपाधि भिडन्त पक्का गरेको हो । खेल सुरु भएको पाँचौ मिनेटमै गोल खाँदै पछि परेको क्रोएसियाले दोस्रो हाफमा बराबरी गोल गरेको थियो ।

अतिरिक्त समयको दोस्रो हाफमा मारियो मान्जुकिजले क्रोएसियाका लागि निर्णायक गोल गरेका थिए ।
 
खेल सुरु भएको पाँचौ मिनेटमा केरियन ट्रिपरले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाएका थिए । एक गोलको अग्रता बनाएको इङल्याण्डले डिफेन्सिभ खेल्दा क्रोएसियालाई पहिलो हाफमा बराबरी गर्न असफल भएको थियो ।

खेलको ६८ औं मिनेटमा इभान पेर्सीले उत्कृष्ट गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टिमले आक्रामक खेले पनि क्रोएसिया दोस्रो हाबी भएको थियो । निर्धारित समयमा दुवै टिमले एक एक गोल गरेपछि खेल अतिरिक्त समयमा गएको थियो । इङल्याण्डका गोल किपर जोर्डन पिकफोर्ड क्रोएसियाको प्रहार बचाउ गरेका थिए ।

१०९औं मिनेटमा मारियो मान्जुकिजले नजिकैबाट इङल्याण्डको जाली चुमाएका थिए । उनको गोल नै निर्णायक भयो । फाइनल खेल आइतबार हुने छ । त्यसअघि शनिबार तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित भएका बेल्जीयम र इङल्याण्ड तेस्रो स्थानका लागि खेल्नेछन् ।


 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया