सिरी एमा युभेन्टसकाे विजयी सुरुवात

 भदौ ८, २०७६ आइतबार ६:४५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

इटलीको शीर्ष डिभिजन फुटबलको नयाँ सिजन शनिबारदेखि सुरु भएको छ । सिजनको पहिलो खेलमा साविक विजेता युभेन्टसले विजयी सुरुआत गर्न सफल भयो ।

पार्मालाई उसकै मैदानमा १-० गोल अन्तरले पराजित गरी युभेन्टसले लगातार नोवौंपल्ट सिरी ए को उपाधि अभियान सुरु गरेको हो । 

युभेन्टसको जितमा पहिलो हाफको २१ औं मिनेटमा जर्जियो चेलिनीले अग्रता दिलाएका थिए । उनले एलेक्स सान्द्रोको पासमा गोल गरेका हुन् । बाँकी समयमा गोल हुन नसक्दा उनकै गोल निर्णायक रह्यो । 

क्रिष्टियानो रोनाल्डो प्रेरित टिम युभेन्टसले गएको सिजन लगातार आठौं पल्ट सिरी ए को उपाधि उचालेको थियो । पार्माले भने गएको सिजन १४ औं स्थानमा रहेर लिग सकाएको थियो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया