सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
धनुषा - एसिड प्रहारबाट गम्भीर घाइते भएकी किशोरी मुस्कान खातुनलाई प्रदेश २ सरकारले उपचारका लागि ५ लाख रुपैयाँ सहयोग दिने भएको छ । मुस्कानको उपचारका लागि मुख्यमन्त्री लालबाबु राउतले ५ लाख रुपैयाँ सहयोग दिने घोषणा गर्नु भएकाे हाे ।
प्रदेश २ मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले मुस्कानको उपचारको लागि मुख्यमन्त्री राउतले ५ लाख रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको जानकारी दिनुभयो ।
वीरगञ्ज महानगरपालिकाका-३, छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान शुक्रबार alहान विद्यालय जाँदै गरेको बेला उनीमाथि स्थानीय दुई किशोरले एसlड प्रहार गरेका थिए ।
एसिड प्रहारबाट गम्भीर घाइते मुस्कानलाई तत्कालै उपचारका लागि वीरगञ्जस्थित नारायण उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट चिकित्सकको सल्लाहमा उनलाई थप उपचारका लागि काठमाण्डौको कीर्तिपुर हस्पिटलमा भर्ना गरिएको छ ।