आज विश्व गैंडा दिवस

 असोज ५, २०७६ आइतबार १२:३५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज विश्व गैंडा दिवस, संरक्षणको क्षेत्रमा काम गर्नेले विश्वभरी नै विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् ।

गैंडा संरक्षणको लागि भन्दै प्रकृतिको लागि विश्वव्यापी कोष डब्लूडब्लूएफ ले सन् २०१० देखि यो दिवस मनाउने निर्णय गरेको हो । अहिले विश्वमा कालो, सेतो, एक सिंगे, सुमात्रान र जाभा गरी पाँच प्रकारका गैंडा छन् । 

नेपालमा भने एक सिंगे गैंडा मात्रै पाइन्छ । सन् २०१३ मा गरिएको गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैंडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै नेपालमा ६ सय ५ वटा गैंडा छन् । निकुञ्जका अनुसार आर्थिक वर्ष २०७४/७५ मा २६ वटा गैंडा मरेका छन् भने २०७५/७६ मा ४३ वटा मरेका छन् ।

निकुञ्जले आउँदो चैत महिनामा गैंडा गणना गर्ने योजना बनाएको निकुञ्जका सूचना अधिकारी गोपालबहादुर घिमिरेले जानकारी दिनुभयो ।

यस्तै, सन् २०१३ मा गएको गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा २९, पर्सा राष्ट्रिय निकुञ्जमा ३ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ८ वटा गैंडा रहेका निकुञ्जहरुले जनाएका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया