चट्याङ र करेण्ट लागेर पर्साका छुट्टा-छुट्टै ठाउँमा दुई जनाकाे ज्यान गयाे

 असोज ५, २०७६ आइतबार १४:३४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा - आइतबार बिहान परेको चट्याङका कारण पर्सामा एक जनाको ज्यान गएको छ ।

बहुदरमाई नगरपालिका वडा नम्बर-२, बैरिया विर्ता बस्ने अन्दाजी ३५ वर्षीय माधव रामको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पानी परेको बेला खेतमा गएका राम चट्याङ लागेर घाइते भएका थिए । विरगञ्ज हेल्थ केयरमा उपचार भइरहेकाे घाइते रामको उपचारका क्रममा ज्यान गएको पर्साका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।

मृतका रामकाे शव पोष्र्टमार्टमका लागि नारायणी अञ्चल अस्पताल विरगञ्जमा राखिएको छ ।

यसैगरी, विरगञ्ज महानगरपालिका वडा नम्बर-१२, मूलीमा डेरा गरी बस्ने २४ वर्षीया अनितादेवी साहको करेन्ट लागेर ज्यान गएको छ ।शनिबार राति सवा १० बजे पंखा चलाउन खोज्दा साहलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

करेण्ट लागेर घाइते भएकी साहलाई उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटाेमै ज्यान गएको हो । मृतक साहकाे शव पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको पर्सा प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया