विराटनगर टाइटन्सलाई हराउँदै क्याट क्विन्स वुमन्स च्याम्पियन्स लिगको फाइनलमा

 कात्तिक ५, २०७६ मंगलबार १८:१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  क्याट क्विन्स काठमाण्डौ वुमन्स च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । विराटनगर टाइटन्सलाई नौ विकेटले हराउँदै क्याट क्विन्सले फाइनलमा स्थान बनाएको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ३ बलमा अलआउट हुँदै ६८ रनमा समेटियो । विराटनगरका लागि सोनु खड्काले सर्वाधिक ३४ रन जोडिन् । यस्तै ज्योति पाण्डेले १२ तथा आरती बिडारीले ११ रन जोडिन् ।

४४ रनमा पहिलो विकेट गुमाएको विराटनगरको मध्यक्रम पूर्ण रुपमा ध्वस्त भयो । उसका लागि तीन जना खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । उसका सात खेलाडी एकपछि अर्को रुपमा आउट भए । उसले २४ रन बनाउँदा नौ विकेट खेर फाल्यो ।

विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंकी कप्तान रुबिना क्षेत्रीले ४ विकेट लिइन् ।

जवाफमा क्याट क्विन्सले ९ ओभर पाँच बलमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । उसका जितमा अप्सरी बेगमले २७ तथा कप्तान रुबिना क्षेत्रीले ३४ रनको योगदान गरिन् । काठमाण्डौले पनि सुरुवात राम्रो गर्न सकेन ।

खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको काठमाण्डाैका लागि अप्सरी बेगम र कप्तान रुबिना क्षेत्रीले अर्धशतकीय साझेदारी गर्न सफल भइन् । अब काठमाण्डाैले उपाधिका लागि बिहीबार चितवनसँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया