पलाँतामा बन्ने भयाे रंगशाला, मिरा स्मृति कप यसमै सञ्चालन हुने

 कात्तिक ६, २०७६ बुधबार १५:२८:२४ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट - पलाँता गाउँपालिकाले २३ करोड रुपैयाँको लगानीमा तीन वर्षभित्र सम्पन्न गर्नेगरी पलाँता-२ को सैनमा रंगशाला निर्माणको थालनी गरेको छ । 

रंगशाला निर्माणका लागि यस वर्ष ८० लाख रुपैयाँ बजेट विनियोजन गरी काम सुरु गरिएको वडा नम्बर-९ का अध्यक्ष टक्कबहादुर बमले बताउनु भयो ।

निर्माण थालिएको रंगशाला २ सय २० मिटर लम्बाइ र २ सय मिटर चौडाइ बराबरको हुने बताइएको छ। क्रिकेट, भलिबल, बास्केटबल, फुटबललगायतका खेलहरु एकै मैदानमा खेलाउने गरी रंगशाला निर्माण गर्न लागिएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनु भयो ।

रंगशाला नजिकै औधोगिक क्षेत्र र बजार व्यवस्थापन हुने छ । निर्माणाधीन सैन रंगशालामा स्थानीय सरकारले फाल्गुण १ गते मिरा स्मृति कप सञ्चालन गर्ने भएको छ । 

पलाँता-८ की पाँचा कुमारी बमकाे (मिरा) जनयुद्धका बेला पाल्पाको तानसेनमा भएको दोहोरो भिडन्तमा ज्यान गएपछि उहाँको सम्झनामा प्रत्येक वर्षको फाल्गुण १ गते पलाँता गाउँपालिकाले मिरा स्मृति कप सञ्चालन गर्दै आएको छ ।

जनयुद्धका बेला तत्कालीन राज्य पक्षबाट २३ जना र विद्रोही पक्षबाट ४ जना गरी पलाँता गाउँपालिकाका जम्मा २७ जनाले ज्यान गुमाएका थिए । 

गाउँपालिकाले शहीदका नाममा अशोक मार्ग, मुनाल मार्ग, गौरव चोक लगायतका विकास निर्माण आयोजना सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष बमले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया