सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
धनुषा - जनकपुरमा गोली प्रहार गरी एक व्यवसायीको हत्या भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१४, मुजेलियाका पंकज चौधरीले गोली प्रहार गरी व्यवसायी ४० वर्षका मनोज शाहको हत्या गरेका हुन् ।
बुधबार बिहान शिव आयल निगमका सञ्चालक जनकपुरधाम उपमहानगरपालिका–२, वकिलटोल निवासी मनोज आफ्नो बाँकी बक्यौता पैसा माग्न जाँदा पंकजले गोली प्रहार गरेका थए ।
छातीमै दुई गोली लागेका व्यवसायी मनोज घटनास्थलमै मृत्यु भएको जनाएको छ । प्रहरीका अनुसार घटनास्थलबाट गोलीको २ वटा खोका बरामद भएको छ । साहको हत्या गरी छिमेकको घरमा लुकेका पंकजलाई प्रहरीले तत्कालै हतियारसहित पक्राउ गरेको छ ।
पंकजको साथबाट अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने गोली १९ थान, अर्को कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने ३ राउण्ड गोली बरामद गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।
गोली प्रहार गर्ने पंकजसमेत निर्माण व्यवसायी भएकाले उनीहरूबीच पहिलेदेखि नै लेनदेन हुने गरेको बताइएको छ । मृतक मनोजको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
साहको पारिवारिक श्रोतले पंकज डिजलबापतको बक्यौता रकम लिन बोलाएका थिए । बिहान पंकजले पैसा लिन आउ भनी फोनसमेत गरेका थिए । पैसा लिन गएको बेला मनोज र पंकजबीच विवाद भएको थियो । त्यही क्रममा पंकजले मनोजमाथि गोली प्रहार गरेका थिए ।
स्थानीय नागरिकका अनुसार झण्डै आधा घण्टासम्म पंकजको घरमा दुवैबीच विवाद भएको थियो । एक्कासि गोली चलेको आवाज आएपछि स्थानीयहरु घटनास्थलमा पुग्दा मनोज गोली लागेर ढलेका थिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको उपरीक्षक खनालले बताउनुभयो ।