युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह
बैशाख १४, २०८१ शुक्रबार
धनुषा – सशस्त्र प्रहरीले जनकपुरधाम उपमहानगरपालिका २० को देवपुरा रुपैठाबाट १० किलो चाँदी बरामद गरेको छ ।
तस्करले भारततर्फ लान लागेको १० किलो अवैध चाँदी बरामद गरिएको धनुषाका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश उप्रेतीले जानकारी दिनुभयो ।
बुधबार दिउँसो ना ४७ प २७२७ नम्बरको मोटरसाइकलमा दुई ओटा प्याकेटमा लुकाएर राखिएको चाँदी प्रहरीले बरामद गरेको हो । प्रहरीले जाँच गरेको देखेपछि मोटरसाइकल त्यहीँ छाडेर चालक र पछाडी बसेको व्यक्ति फरार भएको एसपी उप्रेतीले बताउनुभयो ।
बरामद भएको चाँदी र मोटरसाइकल जनकपुर भन्सार कार्यालयमा बुझाइ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।