रेसुंगामा एक महिने साउने मेला सुरु

 साउन १, २०७५ मंगलबार ११:२८:१२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – धार्मिक क्षेत्र रेसुंगामा मंगलबारदेखि महिनाभर चल्ने साउने मेला सुरु भएको छ । रेसुंगा संरक्षण समितिको आयोजनामा मेला सुरु भएको हो । साउन महिनाको पहिलो दिन मंगलबार बिहानैदेखि रेसुंगामा जाने मानिसहरुको संख्या विगतमा जस्तै बाक्लो देखिएको छ । 

साउन एक गते रेसुङ्गा पोखरीमा नुहाउने र पोखरीमाथि रहेको यज्ञशाला मन्दिरमा पुजाआजा गर्ने प्रचलन छ । यसका लागि बिहानैदेखि रेसुङगामा भीड जम्मा भएको छ ।  साउन महिनाभर रेसुंगा संरक्षण समितिले यस क्षेत्रमा एक महिने धार्मिक मेला संचालन गर्ने भएको हुनाले मानिसहरु टाढा टाढादेखि यस क्षेत्रमा आउने गर्दछन् । 

रेसुंगा क्षेत्रमा आउने धार्मिक पर्यटकहरुको संख्यामा समेत वृद्धि हुँदै गएको छ । यहाँ स्नान गरेर यज्ञशाला मन्दिरमा पूजाआजा गरेपछि आफूले चिताएको मनोकामना पूरा हुने धर्मिक विश्वास छ । त्यसैकारण पनि यस क्षेत्रको महत्व बढ्दै गएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताउनु भयो ।

यस क्षेत्रमा गुल्मीलगायत पाल्पा, वाग्लुङ्ग, अर्घाखाँची, स्वाङ्जा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङलगायतका जिल्लाहरुवाट समेत श्रद्धालुहरुको बर्सेनि घुँइचो लाग्ने गर्दछ । 

साउन महिनाभर संचालन गरिने एक महिने धार्मिक मेलामा यो क्षेत्रमा धेरै भन्दा धेरै आन्तरिक तथा वाह्य धार्मिक पर्यटकहरुलाई भित्र्याउने लक्ष्य राखिएको संरक्षण समितिले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया