सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
दैलेख - दैलेखमा माइक्राेबस दुर्घटना हुँदा शुक्रबार ३ जनाको ज्यान गएको छ ।
सुर्खेत बाट दैलेखतर्फ जाँदै गरेको भे १ ज १०२९ नम्बरकाे माइक्रोबस गुराँस गाउँपालिका-४, मुग्राँमा दुर्घटना हुँदा ज्यान गुमाउनेमा बर्दियाकाे मधुवन नगरपालिका-६, सानोश्रीका २९ वर्षीय नामबहादुर बडुवाल, उहाँकी श्रीमती २७ वर्षीया कमला बडुवाल तथा सुर्खेतकोे वीरेन्द्रनगर नगरपालिका-३, तातोपानीका ५३ थीरबहादुर सुनार रहेका प्रहरीले जनाएको छ ।
सडकमा पानी जमेको खाल्डो छलाउँदा दुर्घटना भएको घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।
सडकबाट १ सय ३ मिटर तल खेतमा पुगेको गाडीमा रहेकामध्ये १५ जना घाइते भएकाे र उनीहरुकाे सुर्खेतकोे देउती नर्सिङ र प्रदेश अस्पतालमा उपचार भइरहेको बताइएकाे छ । दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका-१८ का चालक नरेश शाही पनि घाइते छन् ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।