रोल्पाको थबाङ–१ मा नेकपाका जनकबहादुर बुढा विजयी

 मंसिर १४, २०७६ शनिबार १९:३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

रोल्पा - रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार जनकबहादुर बुढा मगर विजयी हुनु भएकोे छ ।

उहाँ १ सय ७४ मत प्राप्त गरी वडाअध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका कलमबहादुर रोका मगरले २६ मत प्राप्त गर्नुभयो । २ सय ९ मत खसेको थबाङ १ मा ९ मत बदर भएको छ ।

आज भएको उपचुनावमा २ सय ९ जनाले मात्रै मतदान गरेका थिए । १ हजार २ सय ७४ जना मतदाता रहेको वडामा २ सय ९ जनाले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

थबाङ १ मा स्वतन्त्रबाट भद्रकुमार झाँक्रीले उम्मेदवारी दिए पनि सहमति हुन नसकेको भन्दै उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया