कञ्चनपुरको पुनर्वास ३ मा नेकपा विजयी

 मंसिर १४, २०७६ शनिबार २०:४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेकपा विजयी भएको छ ।

आज भएको उपचुनावमा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिपबहादुर तामाङले ३ सय १० मत ल्याउनुभयो । 

११ सय ९९ मतदाता रहेकोमा ९ सय २४ मत खसेको थियो । यसअघि पुनर्वास नगरपालिका ३ मा तत्कालीन एमालेका उम्मेदवार फैरु तामाङ विजयी हुनुभएको थियो ।

राेल्पाकाे थबाङ गाउँपालिका वडा नम्बर १ मा पनि नेकपा विजयी भएकाे छ । थबाङ १ मा नेकपाका उम्मेदवार जनकबहादुर बुढा १७४ मत ल्याएर विजयी हुनु भएकाे हाे । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका कलमबहादुर राेका मगरले २६ मत ल्याउनु भयाे । थबाङ १ मा जम्मा २०९ मत मात्रै खसेकाे थियाे । ९ मत भने बदर भएकाे थियाे ।

 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया