सल्यानको कुमाख गाउँपालिका–५ मा नेकपा विजयी

 मंसिर १४, २०७६ शनिबार २०:३३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

सल्यान - सल्यानको कुमाख गाउँपालिका–५ को वडाध्यक्षका लागि भएको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का धर्मे बुढाथोकी विजयी हुनुभएको छ ।

उहाँ ७ सय ९२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्गबहादुर बोहराले २ सय ५१ मत प्राप्त गर्नुभयो ।

यसअघि सार्वजनिक भएको मतपरिणामअनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा नेकपाका कृष्णबहादुर तामाङ र रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ मा नेकपाकै जनकबहादुर बुढा विजयी हुनु भएको छ । 

 


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया