कास्कीमा पहिरोमा पुरिएर चार जनाको ज्यान गयो

 मंसिर १५, २०७६ आइतबार १०:३८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा महानगरपालिका २० मौजाबिसौनामा सडक बनाइरहेका चारजना मजदुरको पुरिएर ज्यान गएको छ । 

भलाम–मौजा सडक स्तरोन्नति गर्ने क्रममा भित्तो खन्ने क्रममा पुरिएका सल्यानका तोबान बस्नेत, जोगेन्द्र बुढाथोकी, गणेश वली, खिमलाल वली र जितबहादुर बस्नेतमध्ये चार जनाको शव निकालिएको कास्कीका प्रहरी उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

उनीहरुमध्ये शव कस–कसको हो भन्ने खुलिनसकेको उहाँले बताउनुभयो । सँगै काम गरिरहेकामध्ये २ जना भाग्न सफल भएको पनि उहाँले जानकारी दिनुभयो । पहिरोमा पुरिएका भनिएका एक जनाको खोजी भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया