विवाह पञ्चमी महाेत्सव : ५५ जना पाकेटमार र ठगी गर्ने हाेटल सञ्चालक पक्राउ

 मंसिर १५, २०७६ आइतबार १५:२५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – राम–जानकी विवाह पञ्चमी महोत्सवमा प्रहरीले जनकपुर मन्दिर क्षेत्रबाट ५५ जना पाकेटमार र ठगी आरोपमा एक जना होटल सञ्चालकलाई पक्राउ गरेको छ ।

आइतबार बिहानदेखि बेलुका १ बजेसम्म जनकपुरधामको विभिन्न चोकबाट विवाह पञ्चमीमा सुरक्षार्थ खटिएका सशस्त्र तथा नेपाल प्रहरीको संयुक्त टोलीले पाकेटमार र होटल सञ्चालकलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालका अनुसार सशस्त्र प्रहरीको टोलीले पाकेटमारका नेतृत्वकर्ता मिन्टु दाससहित १३ जना पाकेटमार र नेपाल प्रहरीको टोलीले अन्य १८ जना महिला र २४ जना पुरुष गरी ४२ जनालाई पक्राउ गरेको हो ।

यसैबीच विवाह पञ्चमी मेलाको अवसरमा होटल सञ्चालकहरुले भक्तजनहरुसँग ठगी गरिरहेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलसहितको टोलीले अनुगमन गर्दा एक जना होटल सञ्चालक र त्यसका प्रबन्धकलाई पक्राउ गरेको छ ।

रामानन्द चौकमा रहेको होटल सिटी पैलेस गेष्ट हाउस एण्ड फैमिली रेष्टुरेन्टका सञ्चालकले श्रद्धालुसँग एउटा कोठाको ५ हजार ५ सय रुपैयाँ लिएको आरोपछि उनी र प्रबन्धक पक्राउ परेका हुन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया