बर्दिया ट्रक दुर्घटना अपडेट : ज्यान गुमाउने तीन जनाकै परिचय खुल्याे

 पुस १६, २०७६ बुधबार १५:३४:३ | भावुक योगी
unn.prixa.net

बर्दिया - पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा ज्यान गुमाउने तीन जनाकै परिचय खुलेकाे  छ ।

ज्यान गुमाउनेमा बाँके खजुरा -६, काेहलपुर बस्ने ३५ वर्षीया प्रतिमा सुनार, खजुरा गाउँपालिका जी गाउँ बस्ने ४० वर्षीया पवित्रा सुनार परियार तथा सहचालक गुल्मी जिल्ला घर भएका निमबहादुर सार्की रहेका छन् । 

ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि ६ झण्डै किलोमिटर पश्चिमतर्फ निकुञ्जभित्र पर्ने राजमार्गमा बुधबार बिहान ट्रक दुर्घटना हुँदा दुई जना महिला र एक जना पुरुषकाे घटनास्थलमै ज्यान गएको  थियाे भने उनीहरुकाे पहिचान भने खुल्न सकेकाे थिएन । 

भैरहवाबाट फलामे छड लोड गरेर धनगढीतर्फ गइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान चार बजेतिर दुर्घटना भएको थियाे । 

फलामे छड बोकेको ट्रकमा च्यापिएकाको शव बाहिर निकालिएको प्रहरीले जनाएको छ । ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्णबहादुर चौधरी घाइते भएका छन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया