नेकपा सचिवालयकाे निर्णय : अग्नि सापकाेटा सभामुखकाे उम्मेदवार

 माघ ५, २०७६ आइतबार १८:१०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । साँझ बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय सर्वसम्मत गरेको हो । 

यसअघि बिहान अध्यक्षद्वबीच भएको भेटमा नेता सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो । अध्यक्षद्वयबीच भएको सहमतिलाई सचिवालय बैठकले सर्वसम्मत निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।  

प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष ओलीले सुवास नेम्वाङलाई सभामुखका लागि अघि सारेको भए पनि अर्का अध्यक्ष प्रचण्डले सभामुख पूर्वमाओवादीबाटै हुनुपर्ने अडान लिएपछि नेता सापकोटाको नाममा सहमति जुटेको हो । सापकोटा अध्यक्ष प्रचण्ड निकट मानिनुहुन्छ । 

नेकपाबाटै उपसभामुख बन्नुभएकी शिवमाया तुम्बाहाङ्फेले पार्टीले सभामुखको उम्मेदवार टुंगो नलगाएसम्म राजीनामा नदिने अडान लिएपछि नेकपाले आज सभामुखको टुंगो लगाएको हो ।  

सभामुखको टुंगो लागेसँगै अब उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुहुने छ ।

नेकपाले सभामुखको उम्मेदवार टुंगो नलाग्दा संसद बैठक एक महिनादेखि लगातार सूचना टाँस गरेर स्थगित हुँदै आएको छ । 

पुस ४ गते सुरु भएको संसदको हिउँदे अधिवेशन त्यसपछि बैठक नै नबसी स्थगित हुँदै आएको हो । संसद बैठक सोमबारका लागि पनि तय गरिएको छ ।

आइतबार नेकपाको सचिवालय बैठकले सभामुखको उम्मेदवार टुंग्याएसँगै सोमबारका लागि तय भएको संसद बैठक अघि सुरु हुने भएको छ । संसद बैठकमा सभामुख चयन प्रकृया अघि बढ्ने छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया