सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
कास्की - राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशको मतदान सकिएको छ ।
कुल २ सय ३० मतदाता रहेको यो प्रदेशबाट २ सय २८ मत खसेको छ । २ जना मतदानका लागि ४ बजेसम्म नआएको कारण मतपेटिका बन्द गरिएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।
गोरखाको सिराञ्चोक गाउँपालिका गोरखाकी उपाध्यक्ष रिता देवकोटा र मुस्ताङमा रहेकाे ल्हो घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट (राजु) मतदानमा सहभागी नहुनुभएको हो ।
देवकोटा कांग्रेसबाट निर्वाचित हनुभएको हो भने विष्ट स्वतन्त्र चुनाव जितेर नेकपा प्रवेश गर्नुभएको हो ।
चुनावमा राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख-उपप्रमुखको मतभार १८ तोकिएको छ । यसका आधारमा गण्डकीमा ६० प्रदेशसभा सदस्यको दुई हजार ८८० र ८५ स्थानीय तहका १७० जनप्रतिनिधिको मतभार तीन हजार ६० सहित कुल मतभार पाँच हजार ९४० रहेको छ ।
पाँच हजार ९४० मतभारमा बढी ल्याउने दुई उम्मेदवार विजयी बन्नेछन् । अब केही समयमा नै सर्वदलीय बैठक सकेर मतगणना सुरु गरिने न्यौपानेले जानकारी दिनुभयो । उहाँको अनुसार आज नै मतपरिणाम आउनेछ ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।