सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरी – प्रदेश २ सरकारले छोरी शिक्षा बीमा कार्यक्रमको रकम २० लाख पुर्याउने योजना बनाएकाे छ ।
आइतबार महोत्तरीको सोनमा माविका छात्रालाई साईकल वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले अभियानलाई थप प्रभावकारी बनाउन २० वर्षपछि बीमा रकम २० लाख पुर्याउने प्रयास गरिएको बताउनु भएको हो । प्रदेश सरकारले छोरी शिक्षा बीमालाई केही दिन अगाडि मात्रै बढाएर ३ लाख पुर्याएको थियो ।
कार्यक्रममा सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादवले अब छोरी शिक्षा बीमालाई प्रभावकारी बनाउन गाउँपालिकाले आफ्नो तर्फबाट थप ३ लाख रकम थप्ने घोषणा गर्नुभएकाे छ ।
छोरी बीमालाई प्रभावकारी बनाउन २०७५ साल माघयता जन्मिएकी छोरीलाई बीमा गराएबापत खातामा ३ लाख रकम राख्ने पालिकाका अध्यक्ष यादवले घोषणा गर्नु भएको हो ।
सोनमा गाउँपालिका २ मा रहेको सरस्वती माविमा कक्षा ८ मा अध्ययनरत ९० जना छात्रालाई मुख्यमन्त्री राउतले साईकल वितरण गर्नुभएकाे छ ।