६ महिनामा भारतबाट साढे ७ लाख किलो कोदो आयात

 माघ २०, २०७६ सोमबार १४:४५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाललाई कृषिप्रधान देश भनिए पनि सबैजसो कृषि सामग्री विदेशबाट आयात हुन्छ । बर्सेनि २५ अर्ब रुपैयाँभन्दा धेरैको धान चामलमात्रै आयात हुन्छ । हरिया सागपातदेखि तरकारीसम्म विदेशबाटै आयात हुन्छ । 

अचम्मको कुरा त नेपालको पाखा बारीमै फल्ने कोदोसमेत विदेशबाटै आयात हुन्छ । त्यो पनि लाखौँ किलोको मात्रामा । चालु आर्थिक वर्षको मात्रै कुरा गर्ने हो भने झण्डै साढे सात लाख किलो कादो आयात भएको छ । 

६ महिनाको अवधिमा सात लाख ३६ हजार किलो कोदो आयात भएको भन्सार विभागको तथ्याङ्क छ । विभागका अनुसार ६ महिनामा भारतबाट आयात भएको कोदोको मूल्य दुई करोड ४१ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा आठ करोड तीन लाख रुपैयाँ बराबरको २९ लाख १० हजार किलो कोदो आयात भएको थियो । यो सबै भारतबाट आयात भएको हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया