आईसीसी विश्वकप लिग २ छनाेट : १९८ रनकाे लक्ष्य भेट्न नेपालकाे खराब सुरुवात, छैटाै विकेट पतन

 माघ २२, २०७६ बुधबार १५:३४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण - आईसीसी विश्वकप लिग २ क्रिकेटमा ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमाएको छ । सुरुमै ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको नेपालले तेस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमायाे।  

नेपालका लागि पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गर्न आएका थिए । तर दुवै  ब्याट्सम्यान पेभेलियन फर्कि सकेका छन् । टिमको स्कोर ४ रन हुँदा नेपालक कप्तान मल्ल व्यक्तिगत एक रन बनाएर आउट भएका थिए । १२ बल फेस गरेका मल्लले १ रन बनाएका हुन् । चार रनकै स्कोरमा दोस्रो विकेट पनि नेपालले गुमायो । दोस्रो विकेटको रुपमा ३ रन बनाएर पारस खड्का आउट भएका हुन् । पारसले १४ बलमा ३ रन बनाएका हुन् । 

दीपेन्द्र र शरद मिलेर नेपालको स्कोर अघि बढाएका थिए । २०।३ ओभरमा ६६ रन हुँदा दीपेन्द्र आउट भएका हुन् । दीपेन्द्र व्यक्तिगत ३६ रन बनाएर पेभेलियन फर्किए । उनले ५७ बलमा ५ चौका र एक छक्का प्रहार गरे । दीपेन्द्र आउट भएपछि क्रिजमा आएका आरिफ शेख पनि धेरै बेर टिक्न सकेनन् ।

आरिफ ६ रन बनाएर आउट हुँदा नेपालको स्कोर ७३ रन पुगेको थियो । पाँचौं विकेटको रुपमा नेपालले रोहित पौडेललाई गुमायो । पौडेलले खाता नै नखोली पेभेलियन फर्किएका छन् । क्रिजमा अहिले शरदलाई साथ दिन आएका विनोद भण्डारी २५ बलमा २६ रन बनाएर आउट भएका छन् ।

ओमानको जिसन मक्सुदले २ विकेट लिएका छन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया