सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले विकास भएको समाचार लेख्ने नगरेको भन्दै गुनासो गर्नुभएको छ । सोमबार बिहान काठमाण्डौमा जमिन मुनी तार बिछ्याउने कामको सुरुवात गर्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘सञ्चारमाध्यमले विकास भएको लेख्दैनन्, बाँसुरी बजाएको समाचार छाप्छन, बाँसुरी बजाएको फोटो हाल्छन ।’
उहाँले देशभरका तुइन विस्थापित गर्ने काम भैरहेको भए पनि सञ्चारमाध्यले यसको पनि भ्रम फैलाउने काम गरेको आरोप लगाउनुभयो ।
‘दार्चुला पुगेर दुई वटा तुइनको फोटो खिच्छन्, यिनलाई मान्नैपर्छ’ प्रधानमन्त्रीले भन्नुभयो । सरकारको बिरोध गर्नकै लागि दार्चुला पुगेर तुइनको फोटो खिचेको उहाँले आरोप लगाउनुभयो ।
केही बुद्धिजीवि र सञ्चारमाध्यमले विकास देख्न नसकेको पनि उहाँले आरोप लगाउनुभयो । ‘सरकारको प्रगतिमा किन पीर गरेको होला ?’ प्रधानमन्त्रीको प्रतिक्रिया थियो ।