सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
कास्की - गण्डकी प्रदेशमा सन् २०१९ मा राज्य पक्षबाट २०५ र गैरराज्य पक्षबाट ४७४ गरी ६७९ व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनामा पीडित भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालयले सार्वजनिक गरेको अभिलेखअनुसार गण्डकी प्रदेशमा राज्य पक्षबाट १५ महिला र १९० पुरुष तथा गैरराज्य पक्षबाट ४१२ महिला र ६२ पुरुष पीडित भएको उल्लेख छ ।
यस्तै गैरराज्यपक्षबाट १२ पत्रकारलाई दुर्व्यवहार गरिएको छ भने राज्यपक्षबाट ६ जनालाई गिरफ्तार गरिएको इन्सेक जनाएको छ ।
सन् २०१९ मा बालअधिकारअन्तर्गत भएका ८२ बालिका तथा आठ बालक गरी ९० बालबालिका पीडित भएको जनाइएको छ । जसमध्ये बलात्कारमा ४२ बालिका पीडित भए भने यौन दुर्व्यवहार घटनामा ३३ बालिका र दुई बालक थिए ।
महिला अधिकारअन्तर्गत ३१० पीडित भएका र सबैभन्दा बढी घरेलु हिसाबाट २३५ यस अवधिमा पीडित भएका इन्सेक गण्डकी संयोजक शिव खकुरेलले जानकारी दिनुभयो ।
उहाँले तीनै तहका सरकारले जनआकाङ्क्षालाई ध्यान राखेर नेतृत्व वर्गबाट निर्वाह हुने जवाफदेही भूमिकाले मात्र मानव अधिकार संरक्षण हुनसक्ने बताउनुभयो । प्रदेशमा गत वर्ष राज्यपक्षबाट १२ महिला र ६१ पुरूष तथा गैरराज्य पक्षबाट ५१५ महिला र ५२ पुरूष गरी ६४० पीडित भएका अभिलेख गरिएको थियो ।