वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
पर्सा, जेठ ११ – पर्सामा बलात्कार आरोप लागेपछि फरार रहेका अधिवक्ता मन्सुरबाबु पक्राउ परेका छन् । धर्म छोराकी श्रीमतीलाई बलात्कार गरेको आरोपमा उनीलाई प्रहरीले पक्राउ गरेको हो ।
गएको मंसिर १८ गते आफूमाथि दुर्व्यवहार भएको भन्दै पीडितले पुस ९ गते प्रहरीमा जाहेरी दर्ता गरेका थिए । प्रहरीमा जाहेरी परे पछि कानुन व्यवसायी समेत रहेका मन्सुरबाबु फरार थिए ।
उनलाई विहिबार पर्सा जिल्ला अदालत नजिकैबाट पक्रेको डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । पक्राउ परेका मन्सुरबाबु सांसद शेखचाँद ताराका श्रीमान हुन् ।