बिहीबार अमेरिकी डलरको भाउ केही घट्दा अरु मुद्राको भाउ पनि घट्यो

 फागुन २९, २०७६ बिहिबार १०:१५:३९ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार अमेरिकी डलरको भाउ केही घट्दा दिनार, रियाल र दिर्हाम लगायत अरु विदेशी मुद्राको भाउ पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एककोे खरिददर ११७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो खरिददर ११८ रुपैयाँ ३० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९० पैसा थियो । 

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा तोकेको थियो । 

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०६ रुपैयाँ ५४ पैसा तोकेको छ । हिजो खरिददर ३०९ रुपैयाँ १३ पैसा तोकेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा रहेको थियो। 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७७ पैसा  र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ९२ पैसा  र बिक्रीदर २८ रुपैयाँ ०६ पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा तोकेको थियो । 

कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५० पैसा तोकेको छ । हिजो खरिददर ३८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ६९ पैसा रहेको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३११ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१३ रुपैयाँ १८ पैसा तोकेको छ । हिजो खरिददर ३१३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३१५ रुपैयाँ २२ पैसा रहेको थियो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया